चाडपर्व नजिकिदै गर्दा तरकारीको पनि मूल्य बढ्यो

चाडपर्व नजिकिदै गर्दा तरकारीको पनि मूल्य बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ २४ । आज टाटे सिमीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार टाटे सिमीको मूल्य ३६ प्रतिशतले बढेको हो ।
यससँगै टाटे सिमीको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ थियो ।

यस्तै आज गोलभेडा ठूलो भारतीयको मूल्य १८ प्रतिशतले बढेर ६५ रुपैयाँ, काउली स्थानिय १५ प्रतिशतले बढेर ११० रुपैयाँ, बोडी तने ३० प्रतिशतले बढेर ८५ रुपैयाँ, तिते करेला ३० प्रतिशतले बढेर ८५ रुपैयाँ, चिचिण्डो ८ प्रतिशतले बढेर ३० रुपैयाँ, घिरौला १८ प्रतिशतले बढेर ६५ रुपैयाँ, च्याउ(कन्य)२६ प्रतिशतले बढेर १७६ रुपैयाँ, च्याउ(डल्ले)११ प्रतिशतले बढेर ४७६ रुपैयाँ, काक्रो लोकल १८ प्रतिशतले बढेर ६५ रुपैयाँ, काक्रो(हाईब्रिड)१६ प्रतिशतले बढेर ३५ रुपैयाँ र खुर्सानी हरियो(माछे)१८ प्रतिशतले बढेर ६५ रुपैयाँ कायम भएको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज घिउ सिमी लोकलको मूल्य १० प्रतिशतले घटेर ८५ रुपैयाँ, घिउ सिमी हाईब्रिड १० प्रतिशतले घटेर ८५ रुपैयाँ, भटमाशकोसाको मूल्य ३१ प्रतिशतले घटेर ७५ रुपैयाँ, परवल(लोकल)१८ प्रतिशतले घटेर ४५ रुपैयाँ, प्याज हरियो ११ प्रतिशतले घटेर २०० रुपैयाँ र ब्रोकाउली ११ प्रतिशतले घटेर १३३ रुपैयाँ निर्धारण भएको छ ।

Published Date: 09 September 2024
ताजा
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब ६० प्रतिशत
तिलक वर्माको आक्रामक ब्याटिङ: मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना




ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य