शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, भदौ २१ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ ।  हिजो (बिहीबार) को तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ । बिहीबार यस मुद्राको एकको खरिदर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा थियो ।

त्यसैगरी बिहीबार युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम भएको थियो भने आज एकको खरिदर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ । बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो भने आज एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०३ र बिक्रीदर एक सय तीन रुपैयाँ ४९ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ १० पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २९ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Published Date: 06 September 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय