आजकाे मौसम पूर्वानुमान: देशैभर वर्षा, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

आजकाे मौसम पूर्वानुमान: देशैभर वर्षा, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना : Icon Khabar

काठमाडौँ, भदौ २१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शुक्रबार) दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना छ ।

गए राति पाल्पाको जाल्पा, कुमलगाउँ, गन्डाकोट, र आसपासमा भारी वर्षा मापन भएको छ । यसैगरी कपिलवस्तु, रुपन्देही, प्युठानमा पनि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । यस्तै, कैलालीको टिकापुर, बलिया, बचिला क्षेत्रमा पनि भारी वर्षा भएको छ । बागलुङ र सिन्धुपाल्चोकमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । यी क्षेत्र भई बहने नदी तथा खोलामा बाढी र होचा भेगमा डुबानको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Published Date: 06 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड