रोयल वेस्टर्न क्लबको आयोजनामा तेस्रो एक्सपर्ट कप प्रतियोगिता हुँदै

रोयल वेस्टर्न क्लबको आयोजनामा तेस्रो एक्सपर्ट कप प्रतियोगिता हुँदै : Icon Khabar

मेलर्बन, भदौ २० । अस्ट्रेलियाको मुख्य शहर मेलर्बनमा रोयल वेस्र्टनस् क्लबको आयोजनामा हुने तेस्रो तेस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि सेप्टेम्बर १४ र १५ तारिख मेलर्बनको होपर्स क्रसिंग सॉकर क्लबको मैदानमा हुने प्रतियोगिताको आन्तरिक र बाह्य तयारी अन्तिम पुगेको क्लबका इभेन्ट कोर्डिनेटर उज्ज्वल अधिकारीले जानकारी दिएका छन् ।

अस्ट्रेलियामा रहेका नेपाली समुदाय माझ एक प्रतिष्ठित प्रतियोगिताको रुपमा सञ्चालित एक्सपर्ट कपको तेस्रो संस्करणमा विभिन्न राज्यका २० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यस वर्षको प्रतियोगितामा न्यू साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटोरी, दक्षिण अस्ट्रेलिया, क्विन्सल्याण्ड र भिक्टोरिया राज्यबाट टोलीहरु सहभागि हुने आयोजकले जनाएको छ । ‘नेपाली राष्ट्रिय स्तरका खेलाडीहरूको कौशल र स्थानीय खेलाडीहरूको प्रतिभालाई यस प्रतियोगिताले एकसाथ ल्याउनेछ र नयाँ पुस्तालाई प्रेरित गर्नेछ’ क्लबद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

३५ वर्ष भन्दा माथिका खेलाडीहरूको लागि छुट्टै श्रेणी “बेटर च्वाइस कप २०२४“ मा ८ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगितामा च्याम्पियन हुने टोलीले नगद ११ हजार अस्ट्रेलियन डलर, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ४ हजार पाँचसय अस्ट्रेलियन डलर, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, बेटर च्वाइस कप (३५+ उमेर श्रेणी)मा च्याम्पियन टोलीले नगद दुई हजार अस्ट्रेलियन डलर, ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेतालाई एक हजार अस्ट्रेलियन डलर नगद सहित ट्रफी, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

एक्सपर्ट कपको व्यक्तिगत विधा तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ४ सय ५० डलर र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डरलाई दुई÷दुई सय डलर र ट्रफी प्रदान गरिनेछ ।

फाइनल खेलको उत्कृष्ट खेलाडीले एकसय डलर र ट्रफी प्राप्त गर्नेछन् । यसरी पुरस्कारमा २० हजार डलर भन्दा बढी खर्च गरिने क्लबले जनाएको छ ।

तेस्रो एक्सपर्ट कपको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस मेलबर्न रहेको छ भने बेटर च्वाइस कप २०२४, बेटर च्वाइस मोर्टगेज एण्ड फाइनान्सले प्रायोजन गरेको छ । प्रतियोगिता नाइन ए साइडको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 September 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित