रोयल वेस्टर्न क्लबको आयोजनामा तेस्रो एक्सपर्ट कप प्रतियोगिता हुँदै

रोयल वेस्टर्न क्लबको आयोजनामा तेस्रो एक्सपर्ट कप प्रतियोगिता हुँदै : Icon Khabar

मेलर्बन, भदौ २० । अस्ट्रेलियाको मुख्य शहर मेलर्बनमा रोयल वेस्र्टनस् क्लबको आयोजनामा हुने तेस्रो तेस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि सेप्टेम्बर १४ र १५ तारिख मेलर्बनको होपर्स क्रसिंग सॉकर क्लबको मैदानमा हुने प्रतियोगिताको आन्तरिक र बाह्य तयारी अन्तिम पुगेको क्लबका इभेन्ट कोर्डिनेटर उज्ज्वल अधिकारीले जानकारी दिएका छन् ।

अस्ट्रेलियामा रहेका नेपाली समुदाय माझ एक प्रतिष्ठित प्रतियोगिताको रुपमा सञ्चालित एक्सपर्ट कपको तेस्रो संस्करणमा विभिन्न राज्यका २० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यस वर्षको प्रतियोगितामा न्यू साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटोरी, दक्षिण अस्ट्रेलिया, क्विन्सल्याण्ड र भिक्टोरिया राज्यबाट टोलीहरु सहभागि हुने आयोजकले जनाएको छ । ‘नेपाली राष्ट्रिय स्तरका खेलाडीहरूको कौशल र स्थानीय खेलाडीहरूको प्रतिभालाई यस प्रतियोगिताले एकसाथ ल्याउनेछ र नयाँ पुस्तालाई प्रेरित गर्नेछ’ क्लबद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

३५ वर्ष भन्दा माथिका खेलाडीहरूको लागि छुट्टै श्रेणी “बेटर च्वाइस कप २०२४“ मा ८ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगितामा च्याम्पियन हुने टोलीले नगद ११ हजार अस्ट्रेलियन डलर, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ४ हजार पाँचसय अस्ट्रेलियन डलर, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, बेटर च्वाइस कप (३५+ उमेर श्रेणी)मा च्याम्पियन टोलीले नगद दुई हजार अस्ट्रेलियन डलर, ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेतालाई एक हजार अस्ट्रेलियन डलर नगद सहित ट्रफी, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

एक्सपर्ट कपको व्यक्तिगत विधा तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ४ सय ५० डलर र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डरलाई दुई÷दुई सय डलर र ट्रफी प्रदान गरिनेछ ।

फाइनल खेलको उत्कृष्ट खेलाडीले एकसय डलर र ट्रफी प्राप्त गर्नेछन् । यसरी पुरस्कारमा २० हजार डलर भन्दा बढी खर्च गरिने क्लबले जनाएको छ ।

तेस्रो एक्सपर्ट कपको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस मेलबर्न रहेको छ भने बेटर च्वाइस कप २०२४, बेटर च्वाइस मोर्टगेज एण्ड फाइनान्सले प्रायोजन गरेको छ । प्रतियोगिता नाइन ए साइडको हुनेछ ।

Published Date: 05 September 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय