आज राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायर पुगी भक्तपुरका जनताको गुनासो सुन्ने

आज राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायर पुगी भक्तपुरका जनताको गुनासो सुन्ने : Icon Khabar

काठमाडौँ, भदौ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ । उनले हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने भएका छन्।

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने छन्। जस अन्तरगत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने भएका छन्। पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 August 2024
Website | + posts