बिहिबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँ कायम

बिहिबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, भदौ १३ । सुनको भाउले आज (भदौ १३ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि भदौ ११ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो ।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५५ रुपैयाँ रहेको थियो ।

Published Date: 29 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक