संयुक्त विद्यालय विकास मन्च फुटसलमा एसएस सदन विजयी

संयुक्त विद्यालय विकास मन्च फुटसलमा एसएस सदन विजयी : Icon Khabar

भक्तपुर, भदौ १३ । संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ।

उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा ९ ताथलिको सरस्वति शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ ।

माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नपा.को ग्लीटर फ्युचर स्कुलले द्धितीय स्थान र पारगान एकेडेमीले तृतीय स्थान पाउन सफल भएको थियो। साथै आधारभूत तह तर्फ भक्तपुर कमलविनायक स्थित पारागन एकेडेमीले द्धितीय स्थान र डेमोस स्कुलले तृतीय स्थान प्राप्त गरेको जानकारी (USDF) का अध्यक्ष श्रीराम सुवालले दिए।

(USDF) का कोषाध्यक्ष राम प्रसाद खाताखोको संयोजनमा सम्पन्न अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ मा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विजेता खेलाडि विद्यार्थीहरुलाई प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शिल्ड प्रदान गरेका थिए।

संयुक्त विद्यालय विकास मन्च (USDF) का सचिव मुकेश योन्जनले यस्ता प्रकारका खेलले विद्यार्थीहरु पढाईको बोझबाट मुक्त भइ अझ अध्ययनमा रुची राख्ने भएकाले विविध खेलका कार्यक्रम आयोजना गरिनु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू