सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता

सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता : Icon Khabar

काठमाडौँ, भदौ ८ । सुनकोशी नदीमा आज (शनिबार) साँझ यात्रुसहित खसेको गाडीको खोजी जारी छ । खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी आज साँझ सुनकोसी नदीमा खसेको हो । सिन्धुली गोलान्जोर गाउँपालिका–१ कुडुलेमा भक्तपुरका लागि आउँदै गरेको हाइलक्स साँझ पख सुनकोशी नदीमा खसेको हो ।

हाइलक्समा चार जना सवार रहेको पाइएको छ । सवार चारमध्ये तीन जनासहित हाइलक्स पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । एक जनाले भने गाडीबाट हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । उनीहरू सबै भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका रहेको प्रहरीले जानकारी दिएको छ ।

सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन् । २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका छन् । उनी अहिले प्रहरीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा गोताखोरसहित प्रहरीको टोलीले खोजी जारी राखेको छ ।

Published Date: 24 August 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु