सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता

सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता : Icon Khabar

काठमाडौँ, भदौ ८ । सुनकोशी नदीमा आज (शनिबार) साँझ यात्रुसहित खसेको गाडीको खोजी जारी छ । खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी आज साँझ सुनकोसी नदीमा खसेको हो । सिन्धुली गोलान्जोर गाउँपालिका–१ कुडुलेमा भक्तपुरका लागि आउँदै गरेको हाइलक्स साँझ पख सुनकोशी नदीमा खसेको हो ।

हाइलक्समा चार जना सवार रहेको पाइएको छ । सवार चारमध्ये तीन जनासहित हाइलक्स पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । एक जनाले भने गाडीबाट हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । उनीहरू सबै भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका रहेको प्रहरीले जानकारी दिएको छ ।

सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन् । २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका छन् । उनी अहिले प्रहरीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा गोताखोरसहित प्रहरीको टोलीले खोजी जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
44
+1
0
+1
9
+1
3
Published Date: 24 August 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता