‘कङ्गारु’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित

‘कङ्गारु’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित : Icon Khabar

काठमाडौँ, भदौ ३ । फिल्म ‘कङ्गारु’मा नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । स्वस्तिमासँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा कलाकारहरू केदार घिमिरे, जितु नेपाल र अर्पण थापा फाइनल भइसकेका छन् ।

राजिभ गुरुङको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा स्वस्तिमाको प्रवेश भएपछि यसको टिमअप पनि बलियो बनेको छ ।

सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुन लागेको यो फिल्मको छायांकन ३५ दिनसम्म गरिनेछ । फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न शहरमा हुने निर्माणपक्षले बताएको छ ।

निर्देशक बस्नेतले यसपटक फरक कथा भन्ने तयारी गरेकै कारण स्क्रिप्टमा दुई बर्ष लागेको बताए । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्शन प्रा.लिको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ, मनोज भण्डारीको लगानी रहनेछ । अन्जना दुरा र लक्ष्मी राई सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता टिका भण्डारी हुन् । फिल्ममा सीमा गुरुङको कथा, सुशन प्रजापतिको छायांकन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 August 2024
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित