‘कङ्गारु’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित

‘कङ्गारु’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित : Icon Khabar

काठमाडौँ, भदौ ३ । फिल्म ‘कङ्गारु’मा नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । स्वस्तिमासँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा कलाकारहरू केदार घिमिरे, जितु नेपाल र अर्पण थापा फाइनल भइसकेका छन् ।

राजिभ गुरुङको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा स्वस्तिमाको प्रवेश भएपछि यसको टिमअप पनि बलियो बनेको छ ।

सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुन लागेको यो फिल्मको छायांकन ३५ दिनसम्म गरिनेछ । फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न शहरमा हुने निर्माणपक्षले बताएको छ ।

निर्देशक बस्नेतले यसपटक फरक कथा भन्ने तयारी गरेकै कारण स्क्रिप्टमा दुई बर्ष लागेको बताए । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्शन प्रा.लिको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ, मनोज भण्डारीको लगानी रहनेछ । अन्जना दुरा र लक्ष्मी राई सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता टिका भण्डारी हुन् । फिल्ममा सीमा गुरुङको कथा, सुशन प्रजापतिको छायांकन रहनेछ ।

Published Date: 19 August 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु