युवालाई खुकुरी हानेको आरोपमा चक्रे मिलन समूह नजिकका वडाध्यक्ष पक्राउ

युवालाई खुकुरी हानेको आरोपमा  चक्रे मिलन समूह नजिकका वडाध्यक्ष पक्राउ : Icon Khabar

बाँके, भदौ ३ । बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडाअध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् । बाँके विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गए राति खुकुरी हानेको अभियोगमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ परेका हुन् ।

घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।

सामान्य विवादमा वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । वडाध्यक्ष वली गुण्डा नाइके चक्रे मिलन समूह नजिक रहेको  बाँके प्रहरी बताउँछ ।

Published Date: 19 August 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु