युवालाई खुकुरी हानेको आरोपमा चक्रे मिलन समूह नजिकका वडाध्यक्ष पक्राउ

युवालाई खुकुरी हानेको आरोपमा  चक्रे मिलन समूह नजिकका वडाध्यक्ष पक्राउ : Icon Khabar

बाँके, भदौ ३ । बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडाअध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् । बाँके विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गए राति खुकुरी हानेको अभियोगमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ परेका हुन् ।

घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।

सामान्य विवादमा वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । वडाध्यक्ष वली गुण्डा नाइके चक्रे मिलन समूह नजिक रहेको  बाँके प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 August 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ