घाँटी रेटेर विभत्स हत्या, छिनाइएको टाउको बालुवामा

घाँटी रेटेर विभत्स हत्या, छिनाइएको टाउको बालुवामा : Icon Khabar

सुनसरी, भदौ ३ । सुनसरीमा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका–६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन भण्डारीले जानकारी दिए । उनकाअनुसार ज्ञानचनसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

‘हामीले बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पार्‍यौं’, डिएसपी भण्डारीले भने, ‘उनीसँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएका छौ ।’ पक्राउ परेका तीनै जनाले घटनाबारे केही थाहा नभएको बताएका छन् । यद्यपि, थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 19 August 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु