म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो : Icon Khabar

काठमाडौं, भदौ ३ । गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा चेल्सीलाई हराएको छ ।

चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २-० को सहज जित दर्ता गरेको हो । सिटीको जितमा नर्वेली फरवार्ड एर्लीङ हालान्ड र चेल्सीकै पूर्व खेलाडी माटियो कोभाचिचले १-१ गोल गरे ।

सिटीका लागि सयौं खेल खेलिरहेका हालान्डले १८ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । सन् २०२२ मा सिटीमा आबद्ध भएका उनले ९१ औं गोल गर्ने क्रममा गोलरक्षक रोबर्ट सान्चेजलाई वन भर्सेस वनको अवस्थामा बिट गरेका थिए । पेनाल्टी क्षेत्रभित्र बर्नार्डो सिल्भाको पास डिफेन्डर मार्क कुकुरेलाले रोक्न नसक्दा हालान्डले गोलको अवसर पाएका थिए ।

खेलको ८४ औं मिनेटमा कोभाचिचले गोल गर्दै जित पक्का गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । चेल्सीका लागि भने नयाँ सिजनको सुरुवात सुखद रहन सकेन ।

चेल्सीले नयाँ सिजनका लागि ११ खेलाडी अनुबन्ध गर्ने क्रममा १ सय ८५ मिलियन पाउण्ड खर्च गरिसकेको छ । क्लबमा ४० सिनियर खेलाडी रहँदा अब अन्तिम २५ टोलीमा को रहन्छन् भन्ने चासोको साथ हेरिएको छ ।

सिटीले जितका साथ ३ अंक जोडेको छ । आइतबार नै ब्रेन्टफर्डले नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको थियो ।

सोमबार हुने खेलमा टोटेनहम ह्ट्सपर र लेस्टर सिटी खेल्नेछन् । –एजेन्सी

Published Date: 19 August 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर