प्राकृतिक सुन्दरताले भरिपुर्ण काभ्रे जिल्लाको मानेदोभान

प्राकृतिक सुन्दरताले भरिपुर्ण काभ्रे जिल्लाको मानेदोभान : Icon Khabar

भक्तपुर, भदौ १ । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं १ रयालेमा अवस्थित मानेदोभान प्राकृतिक सुन्दरताले भरिपुर्ण स्थान रहेको छ। भक्तपुरको सुर्यविनायक हुँदै घ्याम्पे डाँडा, रानिकोट भएर पनौती नगरपालिका प्रवेश गर्न सकिन्छ।

यो स्थानामार्फत मानेदोभान पुग्नको लागि सडकको अवस्था राम्रै रहेको छ। भक्तपुरको सुर्यविनायाक नगरपालिकाको घ्याम्पे डाँडादेखि रानिकोटसम्मको सडक दुरावास्था र निकै नाजुक भएतापनि त्यहाँ बाट मानेदोभान पुग्ने बाटो भने व्यवस्थितनै पाइन्छ।

मनसुनको मौसम भएरपनि भीरपाखामा ठाउँ ठाउँमा पहिरो खसेको पनि देख्न सकिन्छ। तर उक्त क्षेत्र पुग्ने बित्तिकै त्यहाँ अवस्थित माने गुम्बा र त्यसको फेदमा भेट्ने दोभानले कसको मन पो पग्लिदैन र ! आफ्नै सूरमा अविरल बग्ने काभ्रे जिल्लाको पनौती नपामा अवस्थित मानेदोभान ।

माने दोभानबाटै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका प्रवेश गर्न सकिन्छ। जुन ठाउँबाट त्यहाँ अवस्थित लाकुरी भनज्याङ्ग पनि पुग्न सकिन्छ। सो क्षेत्र ट्राउट माछापालनका लागि पनि प्रख्यात रहेको छ। ट्राउट माछापालनका गर्न मानेदोभान उपयुक्त स्थान भएकोले गर्दा त्यहाँ बसोबास गर्ने धेरै मानिस अहिले यहि व्यवसायमा व्यस्त भएको पनि पाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 August 2024




ताजा
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान