प्राकृतिक सुन्दरताले भरिपुर्ण काभ्रे जिल्लाको मानेदोभान

प्राकृतिक सुन्दरताले भरिपुर्ण काभ्रे जिल्लाको मानेदोभान : Icon Khabar

भक्तपुर, भदौ १ । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं १ रयालेमा अवस्थित मानेदोभान प्राकृतिक सुन्दरताले भरिपुर्ण स्थान रहेको छ। भक्तपुरको सुर्यविनायक हुँदै घ्याम्पे डाँडा, रानिकोट भएर पनौती नगरपालिका प्रवेश गर्न सकिन्छ।

यो स्थानामार्फत मानेदोभान पुग्नको लागि सडकको अवस्था राम्रै रहेको छ। भक्तपुरको सुर्यविनायाक नगरपालिकाको घ्याम्पे डाँडादेखि रानिकोटसम्मको सडक दुरावास्था र निकै नाजुक भएतापनि त्यहाँ बाट मानेदोभान पुग्ने बाटो भने व्यवस्थितनै पाइन्छ।

मनसुनको मौसम भएरपनि भीरपाखामा ठाउँ ठाउँमा पहिरो खसेको पनि देख्न सकिन्छ। तर उक्त क्षेत्र पुग्ने बित्तिकै त्यहाँ अवस्थित माने गुम्बा र त्यसको फेदमा भेट्ने दोभानले कसको मन पो पग्लिदैन र ! आफ्नै सूरमा अविरल बग्ने काभ्रे जिल्लाको पनौती नपामा अवस्थित मानेदोभान ।

माने दोभानबाटै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका प्रवेश गर्न सकिन्छ। जुन ठाउँबाट त्यहाँ अवस्थित लाकुरी भनज्याङ्ग पनि पुग्न सकिन्छ। सो क्षेत्र ट्राउट माछापालनका लागि पनि प्रख्यात रहेको छ। ट्राउट माछापालनका गर्न मानेदोभान उपयुक्त स्थान भएकोले गर्दा त्यहाँ बसोबास गर्ने धेरै मानिस अहिले यहि व्यवसायमा व्यस्त भएको पनि पाउन सकिन्छ।

Published Date: 17 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न