मौवाखोला र चुम्लिङटारमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

मौवाखोला र चुम्लिङटारमा पहिरो, पृथ्वी राजमार्ग ठप्प : Icon Khabar

चितवन, साउन ३० । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

आज (बुधबार) बिहान करिब ७ बजेको समयमा माथिबाट गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको हो । मौवाखोलामा पहिरोको कारण एकतर्फी सडक अवरुद्ध भएको छ भने चुम्लिङटारमा दुईतर्फी नै बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । पहिरोका कारण काठमाडौँ जाने आउने गाडीहरू ठप्प हुँदा यात्रुहरुलाई सास्ती भइरहेको छ । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण वर्षाको मौसममा यो सडकखण्ड पटक–पटक अवरूद्ध हुने गरेको छ ।

Published Date: 14 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड