आजकाे मौसम पूर्वानुमान: चार प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना

आजकाे मौसम पूर्वानुमान: चार प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, साउन २४ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । अहिले (बिहीबार) बिहान कोशी, मधेस र बागमती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको जनाइएको छ ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर  साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा अद्यावधिक छ ।

गए राति सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको बाँसखर्कमा ७५ दशमलव ८ मिलिमिटर, ढुङ्गेमा ७१, मिलिमिटर, बोल्डेमा ६७ मिलिमिटर र तार्केघ्याङमा ६६ मिलिमिटर पानी परेको छ ।

सिन्धुपाल्चोकको  ढुङ्गे, बोल्डे, मेलम्चीघ्याङ, तार्केघ्याङ र आसपासमा ठूलो पानी परेकाले मेलम्ची, ईन्द्रावती र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको  र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गए राति देशका अरु धेरै ठाउँमा पनि पानी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
Published Date: 08 August 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध