आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, साउन २४ । आज २०८१ साउन २४ गते बिहीबार, तद्अनुसार ८ अगष्ट, २०२४ । आज साउन शुक्ल चतुर्थी, शिव वणिज उत्तर, अन्तर्राष्ट्रिय भू–संरक्षण दिवस, सूर्योदय बिहानः ०५ः३० बजे, सूर्यास्त साँझः १८ः४७ बजे ।

आजको राशिफल

मेष: सामाजिक कार्यप्रति रुचि रहने छ । मान–सम्मान प्राप्त हुनेछ । रोकिएका कार्यमा गति आउने छ । लगानी शुभ रहने छ ।

वृष: लाभको अवसर हात पर्नेछ । स्वास्थ्यमा ध्यान दिनु होला । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । परिवारमा प्रसन्नता रहने छ ।

मिथुन: ऐश्वर्यका साधनमा सोच–विचार गरेर खर्च गर्नु होला । नकारात्मकता हावी रहने छ । सवारीसाधन तथा मशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला ।

कर्कट: अदालतको काम मनोनुकूल रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

सिंह: आर्थिक उन्नति हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । शेयर मार्केटबाट ठूलो फाइदा हुनेछ ।

कन्या: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

तुला: प्रयास बढी गर्नु पर्नेछ । लाभमा वृद्धि हुनेछ । काममा ध्यान दिन गाह्रो पर्नेछ । बिना कारण कसैसंग भनाभन हुन सक्ने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । उपहार दिनु पर्ने हुनसक्छ । प्रयासहरु सफल रहने छन् । व्यापारमा तथा सम्मानमा वृद्धि हुनेछ ।

धनु: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

मकर: कुनै पनि महत्वपूर्ण निर्णय गर्दा सोच–समझकर गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ ।

कुम्भ: अरुको झगडामा नपर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । पुराना रोग बल्झिन सक्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लाभमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

Published Date: 08 August 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा