हेलिकोप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय आयोग गठन

हेलिकोप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय आयोग गठन : Icon Khabar
तस्बिर: नेपाल प्रहरी

काठमाडौँ, साउन २३ । सरकारले आज (बुधबार) दिउँसो भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

दुर्घटनापछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा आज पाइलटसहित पाँच जनाको ज्यान गएको थियो । काठमाडौंबाट रसुवाको स्याफ्रबेसीतर्फ उडेको हेलिकोप्टर नुवाकोटको  शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए । हेलिकोप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

Published Date: 07 August 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग