काभा नेसन्स लिग भलिबल – इरान तेस्रो

काभा नेसन्स लिग भलिबल – इरान तेस्रो : Icon Khabar

काठमाडौँ, साउन २३ ।  इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ। श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा श्रीलंका विरूद्ध इरानले सुरूवात राम्रो गर्यो।

पहिलो सेट २५-२२ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो। सुरूदेखि नै प्रतिस्पर्धात्मक बनेको सेटमा इरानले नै बाजी मार्यो। २८-२६ ले दोस्रो सेट जितेर इरानले २-० को स्पष्ट अग्रता बनायो।

२-० ले पछि परेको श्रीलंका तेस्रो सेटमा झनै निरिह बन्यो। जहाँ इरानले २५-१७ ले तेस्रो सेट आफ्नो पक्षमा पार्यो। इरानले लिग चरणमा पनि श्रीलंकालाई हराएको थियो।

सहज जितका साथ इरान तेस्रो भयो। श्रीलंका भने चौथो भयो। इरान सेमिफाइनलमा नेपालसँग र श्रीलंका भारतसँग पराजित भएको थियो। नेपाल र भारतबीचको फाइनल साँझ ५ बजे हुनेछ।

Published Date: 07 August 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग