बुधबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घट्यो

बुधबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन २३ । सुनको भाउ २ दिनमै ३७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार २४ क्यारेट (छापावाल) सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार पनि २४ क्यारेट (छापावाल) सुन तोलामा २३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १७ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १७ सय २५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३९३.५६ डलरमा र चाँदी प्रतिऔंस २७.२५ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 07 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास