बुधबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घट्यो

बुधबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन २३ । सुनको भाउ २ दिनमै ३७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार २४ क्यारेट (छापावाल) सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार पनि २४ क्यारेट (छापावाल) सुन तोलामा २३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १७ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १७ सय २५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३९३.५६ डलरमा र चाँदी प्रतिऔंस २७.२५ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 07 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक