लन्डनस्थित नेपाली राजदूतावासद्वारा बेलायतमा नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह

लन्डनस्थित नेपाली राजदूतावासद्वारा बेलायतमा नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह : Icon Khabar

काठमाडौँ, साउन २३ । लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा बस्ने र त्यहाँ घुम्न जाने नेपालीहरूका लागि सूचना जारी गरेको छ।

हाल बेलायतमा प्रदर्शन र हुलदंगा चलिरहेकाले नेपालीहरूलाई आवश्यक सुरक्षा र सतर्कता अपनाउन बेलायतले अनुरोध गरेको छ।

दूतावासद्वारा जारी सूचना अनुसार हाल केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन र हुलदंगा चलिरहेको छ। बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपालीहरूलाई यस्तो स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन दूतावासले अनुरोध गरेको छ।

‘राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको छ। यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ,’ दूतावासले भनेको छ।

दूतावासले बेलायतस्थित नेपाली संघ तथा संगठनहरूलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र समन्वय गर्नु समेत अनुरोध गरेको छ। त्यस्तै आपतकालीन अवस्थामा दूतावासमा सम्पर्क गर्न सकिने पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू