बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त

बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त : Icon Khabar

काठमाडौँ, साउन २३ । नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति शाहबुद्दीन, मुलुकको तीन वटै निकायका सेना प्रमुख र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीच बंगभवनमा भएको वार्तापछि उक्त निर्णय लिइएको हो । विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकले पनि डा. युनुसलाई प्रमुखमा नियुक्त गरिएकोमा स्वागत गरेका छन् ।

यसअघि उनीहरुले नै डा. युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्नुपर्ने प्रस्ताव राखेका थिए । डा. युनिस हाल फ्रान्सको पेरिसमा छन् । उनले छिट्टै बंगलादेश फर्कने बताएका छन् । राष्ट्रपतिका प्रेस सचिव आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्य विभिन्न राजनीतिक दलसँगको छलफलपछि टुङ्गो लगाइने बताएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुका साथै भारत पलायन भएपछि हिजो राष्ट्रपति शाहबुद्दीनले संसद विघटन गर्दै अन्तरिम सरकार गठन गर्ने प्रक्रियाको मार्ग प्रशस्त गरेका थिए । सोहि आधारमा डा. युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको हो ।

बंगलादेशमा सरकारी जागिरमा स्वतन्त्रता सेनानीका परिवारलाई दिइएको आरक्षण विरुद्ध चल्दै आएको देशव्यापी प्रदर्शनले प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे लामो शासनको अन्त्य गरिदिएको छ । हिजोदेखि बंगलादेशको जनजीवन केहि सामान्य बन्दै गएको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै गार्मेन्टहरु आज देखि पुनः सञ्चालनमा आउने बताइएको पनि विद्यालयहरु खुल्ने विषयमा कुनै टुङो लागेको छैन ।

युनुस लघु ऋण आन्दोलनका प्रणेता मानिन्छन् । जो शेख हसिनाको शत्रु पनि हुन् । ‘गरिबका ब्यांकर’ उपनाम पाएका युनुस र उनले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो । सय डलरभन्दा कमको रकम ऋण उपलब्ध गराएर दशौँ लाख ग्रामीण गरिबलाई गरिबीबाट मुक्त गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको थियो ।

सफल हुँदै गएपछि युनुसले राजनीतिमा हात हाल्ने कोशिस पनि गरे । २००७ मा उनले पार्टी पनि गठन गर्न खोजे । तर, उनको प्रयासले हसिना क्रुद्ध भइन् । उनले युनुसलाई ‘गरिबको रगत चुसेको’ आरोप लगाइन् । साना ऋणदाताले चर्को ब्याज असुल्ने गरेको आरोप लाग्यो । तर, त्यो ऋणको ब्याजदर स्थानीय साहुबाट लिइने ऋणको ब्याजदरभन्दा निकै कम रहेको युनुसको तर्क थियो ।

२०११ मा हसिना सरकारले उनलाई ग्रामीण ब्यांकको प्रमुखबाट हटायो । ६० वर्षको उमेरमा हट्नुपर्ने व्यक्ति ७३ वर्षसम्म बसेको सरकारको भनाइ थियो । सो निर्णयविरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन गरिएको थियो । यसै वर्ष जनवरीमा ८४ वर्षीय युनुसलाई श्रम कानुन उल्लंघन गरेको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो । त्यस्तै २० लाख डलर ठगी गरेको आरोप पनि लगाइयो । दुवै मुद्दामा जेल नगएपछि युनुसलाई अरु सयवटा भन्दा बढी मुद्दा लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित