आजकाे मौसम पूर्वानुमान: आज देशैभर वर्षा हुँदै

आजकाे मौसम पूर्वानुमान: आज देशैभर वर्षा हुँदै : Icon Khabar

काठमाडौँ, साउन २२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ ।

अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधरणतया बदली रहने छ । देशैभर चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

देशभर भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

मौसम तथा विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार आज काठमाडौँको कपन क्षेत्र, सुन्दरी जल आसपास र ललितपुरमा पछिल्लो ६ घण्टामा ४६ देखि ६७ मिमि वर्षा भएको छ । यो वर्षा अझै केही घण्टा निरन्तर हुने सम्भावना भएको छ । चितवनको शक्तिखोर वरिपरि पनि भारी वर्षा हुँदै छ । सिन्धुपाल्चोकको मेलम्ची जलाधारमा पनि मध्यमदेखि भारी वर्षा हुँदै छ । त्यस्तै, सुदूरपश्चिममा अहिले सुरुवाती अवस्थाको वर्षा र राति भारी वर्षाको सम्भावना छ । डा.उप्रेतीका अनुसार देशका दुई तिहाइ क्षेत्रमा मनसुनी वायुको प्रभाव आगामी दुई-तीन दिन बढी हुने देखिएको छ ।

Published Date: 06 August 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय