के छ बंगलादेशमा रहेका नेपालीको अवस्था ?

के छ बंगलादेशमा रहेका नेपालीको अवस्था ? : Icon Khabar

काठमाडौं, साउन २१ । बंगलादेशमा जागिरका सरकारी कोटाको विरोधमा शुरु भएको आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन वाध्य मात्र बनाएको छैन सुरक्षाका लागि भारतको शरणमा पुग्नु परेको छ । जागिरमा सरकारी आरक्षणको विरोधमा चर्किएको आन्दोलनका कारण प्रदर्शन हिंसात्मक बनेको छ ।

जसका कारण बंगलादेशमा अशान्ति बढेको छ । बंगलादेशमा नेपालीहरु पनि ठूलो संख्यामा रहेका छन् । अध्ययन् र अन्य विभिन्न शिलशिलामा नेपालीहरु बंगलादेशमा रहेका छन् । केहि यसअघि आन्दोलन शुरु हुँदै गर्दा स्वदेश फर्किएका पनि छन् । यसैबीच बंगलादेशको अवस्था तनावपूर्ण बनिरहेका बेला नेपाली दूतावासले भने त्यहाँ रहेका चार सय नेपाली सुरक्षित रहेको जनाएको छ ।

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको साथै अनिश्चितकालीन कर्फ्यू आदेश समेत जारी भएको सन्दर्भमा नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले आज सार्वजनिक सूचना जारी गर्दै सबै नेपाली सुरक्षित भएको तथा नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा भएको उल्लेख छ । अधिकांश नेपालीहरू देश फर्किसकेको भन्दै दूतावासले सुरक्षित हुन सबैलाई आग्रह पनि गरेको छ ।

Published Date: 05 August 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु