के छ बंगलादेशमा रहेका नेपालीको अवस्था ?

के छ बंगलादेशमा रहेका नेपालीको अवस्था ? : Icon Khabar

काठमाडौं, साउन २१ । बंगलादेशमा जागिरका सरकारी कोटाको विरोधमा शुरु भएको आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन वाध्य मात्र बनाएको छैन सुरक्षाका लागि भारतको शरणमा पुग्नु परेको छ । जागिरमा सरकारी आरक्षणको विरोधमा चर्किएको आन्दोलनका कारण प्रदर्शन हिंसात्मक बनेको छ ।

जसका कारण बंगलादेशमा अशान्ति बढेको छ । बंगलादेशमा नेपालीहरु पनि ठूलो संख्यामा रहेका छन् । अध्ययन् र अन्य विभिन्न शिलशिलामा नेपालीहरु बंगलादेशमा रहेका छन् । केहि यसअघि आन्दोलन शुरु हुँदै गर्दा स्वदेश फर्किएका पनि छन् । यसैबीच बंगलादेशको अवस्था तनावपूर्ण बनिरहेका बेला नेपाली दूतावासले भने त्यहाँ रहेका चार सय नेपाली सुरक्षित रहेको जनाएको छ ।

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको साथै अनिश्चितकालीन कर्फ्यू आदेश समेत जारी भएको सन्दर्भमा नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले आज सार्वजनिक सूचना जारी गर्दै सबै नेपाली सुरक्षित भएको तथा नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा भएको उल्लेख छ । अधिकांश नेपालीहरू देश फर्किसकेको भन्दै दूतावासले सुरक्षित हुन सबैलाई आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2024
Website | + posts