भक्तपुर चाँगुनारायणका एक व्यक्तिलाई हैजा पुष्टि, मुलुकभर संक्रमितको सङ्ख्या २७ पुग्यो

भक्तपुर चाँगुनारायणका एक व्यक्तिलाई हैजा पुष्टि, मुलुकभर संक्रमितको सङ्ख्या २७ पुग्यो : Icon Khabar

काठमाडौं, साउन २१ । नेपालमा हैजा संक्रमितको सङ्ख्या बढेर २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो ।

सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसैगरी, कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।

गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Published Date: 05 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास