कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते (सूचनासहित)

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते (सूचनासहित) : Icon Khabar

काठमाडौं , साउन १९ ।  कक्षा १२ को ग्रेड वृद्धि पुरक (मौका) परीक्षा आगामी भदौ २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको छ ।

दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड आएका वा  दुई विषयमा अनुपस्थित भएका विद्यार्थी परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । यस वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको बोर्डले जनाएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउने बोर्डको सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

Published Date: 03 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास