सम्पर्कविहीन भएका नेपाल प्रहरीका २९ कर्मचारीलाई कारबाही गरिने

सम्पर्कविहीन भएका नेपाल प्रहरीका २९ कर्मचारीलाई कारबाही गरिने : Icon Khabar

काठमाडौं, साउन १० । पछिल्लो तीन महिनामा नेपाल प्रहरीका २९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका कर्मचारी रहेको प्रधान कार्यालयले जनाएको छ । उनीहरू २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन भएपछि पहिलोपटक सूचना टाँस हुँदा पनि हाजिर नभएपछि प्रधान कार्यालयले पुन स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

सात दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।

Published Date: 25 July 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग