सम्पर्कविहीन भएका नेपाल प्रहरीका २९ कर्मचारीलाई कारबाही गरिने

सम्पर्कविहीन भएका नेपाल प्रहरीका २९ कर्मचारीलाई कारबाही गरिने : Icon Khabar

काठमाडौं, साउन १० । पछिल्लो तीन महिनामा नेपाल प्रहरीका २९ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका कर्मचारी रहेको प्रधान कार्यालयले जनाएको छ । उनीहरू २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन भएपछि पहिलोपटक सूचना टाँस हुँदा पनि हाजिर नभएपछि प्रधान कार्यालयले पुन स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।

सात दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2024
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता