अक्स्फोर्ड प्राक्टिकल स्कूलमा समर क्याम्प २०८१ सम्पन्न

अक्स्फोर्ड प्राक्टिकल स्कूलमा समर क्याम्प २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १० । भक्तपुर नगरपालिका – १, सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलले विगतका वर्षहरुझैँ यसवर्षको समर क्याम्प पनि हर्षोल्लासका साथ भव्यता पूर्वक सम्पन्न गरेको छ।

गत साउन ३ देखि ५ गतेसम्म संचालित उक्त समर क्याम्पमा यसै स्कूलका मात्र नभई अन्य विद्यालयका विद्यार्थीहरुको पनि सक्रिय एवं समान उपस्थिती रहेको थियो।

साउन ३ गते औपचारिक रूपमा सुरुवात गरिएको कार्यक्रममा क्याम्पका संयोजक मनिता नेपालले सम्पूर्ण क्याम्परहरुलाई स्वागत गरेकी थिइन्।

साथै उक्त कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा क्याम्पका सल्लाहकार राम दुवालले कार्यक्रमको पूर्ण सफलताका लागि शुभकामनाका शब्दहरू राखेका थिए।

वर्षे बिदाको सदुपयोग गर्ने उद्देश्यले विद्यार्थीहरूको निम्ति उक्त क्याम्पका आयोजना गरिएको विद्यालयका प्रिन्सिपल तथा क्याम्पका अफिसर रवि दुवालले बताए।

विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक तथा आन्तरिक सीप र कलालाई प्रस्फुटन गर्ने आधार यस समर क्याम्पले प्रदान गरेको पनि उनले प्रष्ट पारे।

“आन्तरिक क्रियाकलापलाई भन्दा बाह्य भ्रमण र त्यसै अनुरुपका जीवनोपयोगी सीपहरुलाई जोड दिएर विद्यार्थीहरुलाई सहजता र संघर्ष, सरल र विषम परिस्थितिको सामनाका लागि हरदम तयार रहनु पर्छ भन्ने चेतनामूलक विभिन्न क्रियाकलापहरुमा संलग्न गराइएको थियो”, क्याम्पका सुपरिवेक्षक शिव भुजुले बताए।

प्रकृतिप्रेम, ऐतिहासिक सम्पदाको संरक्षण, सांस्कृतिक पक्षको बारेमा स्थलगत अवलोकन मार्फत क्याम्पमा सहभागीहरूलाई शैक्षिक एबं मनोरञ्जनात्मक सामूहिक कार्यकलापमा संलग्न गराइएको थियो, उनले थप प्रकाश पारे ।

५ वटा विद्यालयका विद्यार्थीहरूको संलग्नता रहेको सो समर क्याम्पमा २९ जना क्याम्परहरु पौडी, साहसिक कार्य, हाईकिंग, संगीतका साथै विभिन्न खेलहरूमा पूर्ण व्यस्त भएका थिए। आफ्नो अनुभव साटासाट गर्दै क्याम्पको अन्तिम दिनको समापन सन्ध्याकालीन औपचारिक कार्यक्रममा संलग्न सम्पूर्ण सहभागी विद्यार्थी, अतिथि, सहजकर्ता शिक्षकहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी यसवर्षको समर क्याम्प २०८१ को समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2024
Website | + posts