टेकु अस्पतालबाटै भागे हैजाको आशंका गरिएका तीन जना बिरामी

टेकु अस्पतालबाटै भागे हैजाको आशंका गरिएका तीन जना बिरामी : Icon Khabar

काठमाडौँ, साउन ९ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाको आशंकामा उपचारका लागि भर्ना गरिएका तीन जना बिरामी भागेका छन्।

तीनमध्ये एक शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुई जना वार्डबाटै भागेका अस्पतालका निर्देशक डा युवानिधी बसौलाले बताए।

‘ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि अस्पताल ल्याइएको थियो। ती मध्ये एक जनालाई हैजा पुष्टि भइसकेको छ’, डा बसौलाले भने।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा बिमल शर्मा चालिसेका अनुसार हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेको तीनै जना सोमबार राती अस्पतालबाट भागेका हुन्। उनीहरुको रिपोर्ट आउन बाँकी छ।

Published Date: 24 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास