टेकु अस्पतालबाटै भागे हैजाको आशंका गरिएका तीन जना बिरामी

टेकु अस्पतालबाटै भागे हैजाको आशंका गरिएका तीन जना बिरामी : Icon Khabar

काठमाडौँ, साउन ९ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाको आशंकामा उपचारका लागि भर्ना गरिएका तीन जना बिरामी भागेका छन्।

तीनमध्ये एक शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुई जना वार्डबाटै भागेका अस्पतालका निर्देशक डा युवानिधी बसौलाले बताए।

‘ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि अस्पताल ल्याइएको थियो। ती मध्ये एक जनालाई हैजा पुष्टि भइसकेको छ’, डा बसौलाले भने।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा बिमल शर्मा चालिसेका अनुसार हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेको तीनै जना सोमबार राती अस्पतालबाट भागेका हुन्। उनीहरुको रिपोर्ट आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2024
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट