भक्तपुरमा गायक अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम सम्पन्न

भक्तपुरमा गायक अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन ६ । भक्तपुर सांगीतिक समाजले स्व गायक अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम गर्दै शनिबार भक्तपुरमा  सम्पन्न गरेको छ ।

स्व गायक थापाको २५औं स्मृति दिवसलाई लिएर समाजले सो कार्यक्रम आयोजना गरेको हो।

वरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेलले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ , विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका वडा ४ अध्यक्ष बालकृष्ण श्रेष्ठसंगै सिबर्ड कलेजका अध्यक्ष धर्मसुन्दर बज्राचार्यहरुको उपस्थिति रहेको थियो ।

नेपालका चर्चित तथा प्रतिभाशाली गायक, गायिकाहरुले स्व. थापाको स्वरमा स्वरांकन गरिएको ‘करोडौं मुटुहरु’ बोलको गीतलाई समूह गायन मार्फत सुरू भएको कार्यक्रममा कुमारी लिम्बुले ‘तिमी राम राम’, श्रीजल मधिकर्मीले ‘म रोए पनि तिमि हाँसी दिनु’, विजय कायष्थले ‘चोट के हो, व्यथा के हो, शम्भु राजभण्डारीले ‘आँखाको निद’, हरि सुन्दर लाखे श्रेष्ठले ‘लाग्न थाल्यो जीवनमा’, श्रीहरी दाहालले ‘दोष कस्लाई’, श्रेय अगस्तीले ‘अरुसँग नखोज’ र लक्ष्मण पलिखेलले ‘ऋतुहरुमा तिमि’ बोलको गीतहरू गएका थिए ।

यसैगरी मथुरा प्रधानले ‘मेरो गीत सबै’, आश्रय रञ्जितले ‘साँझको जुन सँगैं’, रुची घिमिरेले ‘दुई दिनको, रविन थापाले ‘जति माया लाए पनि’, अर्पण विश्वकर्माले ‘यो मनको के भर हुन्छ’ र प्रनिल पलिखेलले ‘भुलेका कथा तिता मीठा’ र मुकुन्द भट्टराईले ‘बरु भुलेछु’ बोलको गीत गाएर स्वर्गीय गायक थापालाई श्रद्वान्जली दिएका थिए।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका, चाँगुनारायण नगरपालिकाको सहायता रहेको सो कार्यक्रमका लागि आधिकारिक अनलाइन मिडिया पार्टनर आइकन खबर डटकम, आधिकारिक टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, आधिकारिक रेडियो पार्टनर भक्तपुर एफएम र आधिकारिक फोटोग्राफी पार्टनर बालकृष्ण फोटोग्राफी र मेडिकल पार्टनर आयु स्पेशालिटि क्लिनिक रहेको थियो ।

कार्यक्रममा नेपाली पप सम्राट भनेर जनमानसमा लोकप्रिय वरिष्ठ पप गायक ओम विक्रम विष्टलाई सम्मान प्रदान गरिएको थियो । गायक विष्टले नेपाली पप संगीतमा पुर्याएको अतुलनिय योगदानलाई कदर गर्दै समाजले उनलाई अरुण थापा स्मृति सम्मान २०८१ बाट सम्मान प्रदान गरिएको हो। कार्यक्रममा समाजका नि वर्तामान अध्यक्ष प्रविण शाहीले समाजलाई स्थापनाकालदेखि अनवरत रूपमा योगदान दिएको वापत कदर पत्र वितरण गरेको थियो।

कार्यक्रममा पप गायक ओमविक्रम बिष्टको सम्मानमा कुबेर राईले ‘मौनतामा अल्झिरहेको’, सकुल अच्छामीले ‘को हो त्यो जस्ले मलाई’, राजेश शाहीले ‘मेरो याद अझै आउँछ भने’, बिनोदराज ढुङ्गेलले ‘तारा मारङ बजार कि कान्छी’ र प्रविण शाहीले ‘आवाज देउ मलाई’ बोलको गित गएका थिए ।

सोही अवसरमा समाजले बाल गायककार अर्पण विश्वकर्मालाई ‘सम्झना खरेल प्रतिभा पुरस्कार’ ले पुरस्कृत गरेको थियो । गायक विश्वकर्माले ‘नेशनल गट ट्यालेन्ट हण्ट’ मा उत्कृष्ट प्रस्तुती दिन सफल भएकोमा प्रोत्साहन स्वरुप नगद ५ हजारसहित उक्त पुरस्कारले वरिष्ठ रचनाकार भुषण खरेलले पुरस्कृत गरेका थिए ।

उक्त स्मृति दिवस कार्यक्रममा गायक थापाका संगीत सारथीहरू, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिति रहेको समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए ।

Published Date: 21 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास