आवश्यक तयारी पूरा नभएपछि आज मौद्रिक नीति नआउने

आवश्यक तयारी पूरा नभएपछि आज मौद्रिक नीति नआउने : Icon Khabar

काठमाडौँ, साउन ४ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने भएको छ । आवश्यक तयारी पूरा नभएको भन्दै राष्ट्र बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने, ‘अन्तिम अवस्थामा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम आजका लागि रद्द गरिएको छ । आवश्यक तयारी पूरा गरी अर्को साता सार्वजनिक हुनेछ ।’

राष्ट्र बैंककै एक अर्को उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मौद्रिक नीतिको मस्यौदाको विषयमा चासो राखेपछि र आफ्नो सचिवालयको राय समेत संलग्न हुनुपर्ने निर्देशन दिएपछि सार्वजनिकका लागि ठिक्क पारिएको मौद्रिक नीति स्थगित भएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिलाई नै फाइनल गर्ने उदेश्यले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक समेत बोलाईसकेको थियो । स्रोतका अनुसार नयाँ सरकार गठन पछि लगानीकर्तामा उत्साह देखिएको र यसलाई निरन्तरता दिने उद्देश्यले थप लचक नीतिहरु संलग्न गर्नुपर्ने उच्च राजनीतिक नेतृत्वले महशुस गरेका कारण समेत मौद्रिक नीति केहि पछि धकेलिएको हो ।

Published Date: 19 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास