आवश्यक तयारी पूरा नभएपछि आज मौद्रिक नीति नआउने

आवश्यक तयारी पूरा नभएपछि आज मौद्रिक नीति नआउने : Icon Khabar

काठमाडौँ, साउन ४ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने भएको छ । आवश्यक तयारी पूरा नभएको भन्दै राष्ट्र बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने, ‘अन्तिम अवस्थामा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम आजका लागि रद्द गरिएको छ । आवश्यक तयारी पूरा गरी अर्को साता सार्वजनिक हुनेछ ।’

राष्ट्र बैंककै एक अर्को उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मौद्रिक नीतिको मस्यौदाको विषयमा चासो राखेपछि र आफ्नो सचिवालयको राय समेत संलग्न हुनुपर्ने निर्देशन दिएपछि सार्वजनिकका लागि ठिक्क पारिएको मौद्रिक नीति स्थगित भएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिलाई नै फाइनल गर्ने उदेश्यले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक समेत बोलाईसकेको थियो । स्रोतका अनुसार नयाँ सरकार गठन पछि लगानीकर्तामा उत्साह देखिएको र यसलाई निरन्तरता दिने उद्देश्यले थप लचक नीतिहरु संलग्न गर्नुपर्ने उच्च राजनीतिक नेतृत्वले महशुस गरेका कारण समेत मौद्रिक नीति केहि पछि धकेलिएको हो ।

Published Date: 19 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक