महिला एसिया कपमा आज: नेपाल र यूएई भिड्दै

महिला एसिया कपमा आज: नेपाल र यूएई भिड्दै : Icon Khabar

काठमाडौं, साउन ४ ।  एसिसि महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार २:१५ बजे सुरु हुनेछ ।

तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोली विरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो दुई खेलमा हार बेहोरेको थियो भने अन्तिम खेलमा जित हासिल गर्यो ।

नेपालको यो तेस्रो एसिया कप सहभागिता हो । यसअघि नेपालले २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार बेहोरेको थियो ।

सन् २०१२ र २०१६ मा टि ट्वान्टी एशिया कप आयोजना भएकी थियो । यसपटकको एसिया कप पनि टि ट्वान्टी प्रतियोगिता रहनेछ ।

समूह ए मा रहेको नेपालले पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।

तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर थाइल्याण्ड र नेपाललाई प्रतियोगितामा समावेश गरेको हो । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ ।

नेपाली टोली:

इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी

Published Date: 19 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास