आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, साउन ४ । आज २०८१ साउन ४ गते शुक्रबार, तद्अनुसार १९ जुलाई २०२४ । असार शुक्ल त्रयोदशी, एन्द्र कौलव मूल, सूर्योदय बिहानः ०५ः२० बजे, सूर्यास्त साँझ १८ः५९ बजे ।

आजको राशिफल

मेष: घर–गृहस्थीको वातावरण निकै राम्रो हुनेछ । परिवारमा सुखद समय बिताउनु हुनेछ । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

वृष: प्रेम जीवन चिन्ताजनक रहने छ । आत्मविश्वासको कमी रहने छ । स्वास्थ्यमा सुधार आउने छ ।

मिथुन: भाइ–बहिनी तथा आफन्तसंग मनमुटाव रहन सक्छ । कार्यस्थलमा सम्हालिएर काम गर्नु होला । आत्म–सम्मानमा ठेस लाग्न सक्छ ।

कर्कट: कामकाजमा केही वाधा उत्पन्न हुन सक्ने छ । समस्याहरु समाधान गर्न मेहनत गर्नु पर्नेछ । कुनै पनि कार्यमा छोटो बाटो नअपाउनु होला ।

सिंह: आर्थिक अवस्था सामान्य रहने छ । कुनै धार्मिक कार्यमा सहभागिता जनाउनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ ।

कन्या: लाभको राम्रो अवसर प्राप्त हुनेछ । चौतर्फी सफलता मिल्ने छ । जीवनसाथीसंग सुखद समय व्यतित हुनेछ ।

तुला: आर्थिक रुपमा सफल हुने योग छ । आज आफ्नो इच्छा अनुसार खर्च गर्नु हुनेछ । कुनै वरिष्ठ व्यक्तिको सहयोगले राम्रो प्रगति हुनेछ ।

वृश्चिक: आजको दिन विशेष फलदायी रहने छ । लाभ मिल्नुका साथै धनको वचत गर्न सक्नु हुनेछ । युवाहरुले करियरमा राम्रो सुरुवात गर्ने मौका प्राप्त हुनेछ ।

धनु: कार्य क्षेत्रमा विपरीत परिस्थितिको सामना गर्नु पर्नेछ । मध्यान्नपछि लाभ मिल्ने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मकर: पारिवारिक प्रसंगले तनाव बढाउन सक्छ । मतभेद अथवा विवाद बढ्न सक्छ । आर्थिक अवस्थाका कारण पनि थोरै चिन्ता हुनसक्छ ।

कुम्भ: जीवनसाथीसंग मतभेद हुनसक्छ । सवारीसाधन चलाउ“दा सावधानी अपनाउनु होला । धर्मकर्ममा रुचि बढ्ने छ । मांगलिक कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।

मीन: आज सम्हालिएर काम गर्नु पर्नेछ । कुनै लापरवाही अथवा गल्तिका कारण परिवारमा अशान्ति बढुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनु होला ।

Published Date: 19 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक