मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गरिने

मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गरिने : Icon Khabar

काठमाडौं, साउन ३ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति यही साउन ४ गते अर्थात भोलि शुक्रवार सार्वजनिक गरिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार नै मौद्रिक नीतिक ल्याउने निर्णय गरेको हो ।

मंगलबार अर्थमन्त्री विष्णु पौडेल तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच भएको छलफलपछि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको हो । यसअघि दुई साताभित्र अर्थात साउन १५ गते भित्र मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी थियो ।

शुक्रबार नै मौद्रिक नीतिक सार्वजनिक गर्नका लागि त्यसमा गरिने व्यवस्थाका बारेमा नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल प्रारम्भ भैसकेको बताइन्छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको मौद्रिक नीति तर्जुमा कार्यविधिले समेत अन्तर विभागीय छलफलको सुझावसमेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

आज व्यवस्थापन समितिको छलफल सम्पन्न भएपछि शुक्रवार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले तयारी गरेको बताइएको छ ।

Published Date: 18 July 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय