मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गरिने

मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गरिने : Icon Khabar

काठमाडौं, साउन ३ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति यही साउन ४ गते अर्थात भोलि शुक्रवार सार्वजनिक गरिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार नै मौद्रिक नीतिक ल्याउने निर्णय गरेको हो ।

मंगलबार अर्थमन्त्री विष्णु पौडेल तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच भएको छलफलपछि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको हो । यसअघि दुई साताभित्र अर्थात साउन १५ गते भित्र मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी थियो ।

शुक्रबार नै मौद्रिक नीतिक सार्वजनिक गर्नका लागि त्यसमा गरिने व्यवस्थाका बारेमा नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल प्रारम्भ भैसकेको बताइन्छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको मौद्रिक नीति तर्जुमा कार्यविधिले समेत अन्तर विभागीय छलफलको सुझावसमेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

आज व्यवस्थापन समितिको छलफल सम्पन्न भएपछि शुक्रवार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले तयारी गरेको बताइएको छ ।

Published Date: 18 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक