बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ३ । सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपियाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ८०० रूपियाँ कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४९ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १८ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 18 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक