मोड्रिच रियलको नयाँ कप्तान

मोड्रिच रियलको नयाँ कप्तान : Icon Khabar

काठमाडौं, साउन २ । मिडफिल्डर लुका मोड्रिच स्पेनिस क्लब रियल म्याड्रिडको नयाँ कप्तान नियुक्त भएका छन् । क्लब सँग एक वर्ष सम्झौता नवीकरण गर्दै क्रोएसियन खेलाडी मोड्रिच क्लबको नयाँ कप्तान बनेका हुन् ।

गत सिजनको अन्त्यमा सकिएको सम्झौता मोड्रिचले १ वर्षका लागि नवीकरण गरेका हुन् । रियलका कप्तान नाचो क्लब छोडेर साउदी लिगमा गएसँगै कप्तानीको भूमिका खाली रहेको थियो । अब सो भूमिकामा मोड्रिच देखिने छन् ।

रियलले गत सिजन ला लिगा र च्याम्पियन्स लिग जितेको थियो । मोड्रिचको त्यो छैठौं च्याम्पियन्स लिग उपाधि रहेको थियो । हाल युवा खेलाडीमा जोड दिइरहेको रियलका लागि मोड्रिचको अनुभव अमूल्य साबित भएको छ ।

नयाँ अनुबन्ध एमबाप्पेले ९ नम्बरको जर्सी लिएपछि मोड्रिचले रियलमा १० नम्बरको जर्सी लाई निरन्जातरता दिनेछन्। युरो २०२४ बाट बाहिरिएपछि मोड्रिचले रियलको अमेरिकामा हुने प्रि-सिजनमा समेल हुने अपेक्षा गरिएको छ ।

न्यु जर्सीमा बार्सिलोनासँगको भेटअघि सिकागोमा एसी मिलानसँगको प्रिसिजनमा रियलको पहिलो भिडन्त रहनेछ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 17 July 2024
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता