मोड्रिच रियलको नयाँ कप्तान

मोड्रिच रियलको नयाँ कप्तान : Icon Khabar

काठमाडौं, साउन २ । मिडफिल्डर लुका मोड्रिच स्पेनिस क्लब रियल म्याड्रिडको नयाँ कप्तान नियुक्त भएका छन् । क्लब सँग एक वर्ष सम्झौता नवीकरण गर्दै क्रोएसियन खेलाडी मोड्रिच क्लबको नयाँ कप्तान बनेका हुन् ।

गत सिजनको अन्त्यमा सकिएको सम्झौता मोड्रिचले १ वर्षका लागि नवीकरण गरेका हुन् । रियलका कप्तान नाचो क्लब छोडेर साउदी लिगमा गएसँगै कप्तानीको भूमिका खाली रहेको थियो । अब सो भूमिकामा मोड्रिच देखिने छन् ।

रियलले गत सिजन ला लिगा र च्याम्पियन्स लिग जितेको थियो । मोड्रिचको त्यो छैठौं च्याम्पियन्स लिग उपाधि रहेको थियो । हाल युवा खेलाडीमा जोड दिइरहेको रियलका लागि मोड्रिचको अनुभव अमूल्य साबित भएको छ ।

नयाँ अनुबन्ध एमबाप्पेले ९ नम्बरको जर्सी लिएपछि मोड्रिचले रियलमा १० नम्बरको जर्सी लाई निरन्जातरता दिनेछन्। युरो २०२४ बाट बाहिरिएपछि मोड्रिचले रियलको अमेरिकामा हुने प्रि-सिजनमा समेल हुने अपेक्षा गरिएको छ ।

न्यु जर्सीमा बार्सिलोनासँगको भेटअघि सिकागोमा एसी मिलानसँगको प्रिसिजनमा रियलको पहिलो भिडन्त रहनेछ ।–एजेन्सी

Published Date: 17 July 2024


ताजा
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार
देशभर मनसुन सक्रिय: हिमाली क्षेत्रमा हिमपात, धेरैजसो प्रदेशमा भारी वर्षाको सम्भावना
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु