जेसीज्.मा.वि.मा स्वास्थ्य शिविर सम्पन्न

जेसीज्.मा.वि.मा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १ । जेसीज् माध्यमिक विद्यालयको वार्षिक कार्य तालिका अनुसार धुलिखेल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भयो । उक्त स्वास्थ्य शिविरमा जेसीज्.मा.वि.मा अध्ययन गर्ने प्ले ग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूको नाक, कान, घाँटी, आँखा, दाँत र छालाको परीक्षण गरियो ।

विद्यार्थीहरूको पढाइसँगसँगै उनीहरूको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापका साथसाथै स्वास्थ्य क्षेत्रलाई जोड दिँदै समयसमयमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको विद्यालयका प्रिन्सिपल जय राम गोर्खालीले आइकन खबरलाई जानकारी दिए।

आज सम्पन्न भएको यस स्वास्थ्य शिविरमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधि उपचारको लागि सुझाव पनि दिइएको थियो ।

Published Date: 16 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास