जेसीज्.मा.वि.मा स्वास्थ्य शिविर सम्पन्न

जेसीज्.मा.वि.मा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, साउन १ । जेसीज् माध्यमिक विद्यालयको वार्षिक कार्य तालिका अनुसार धुलिखेल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भयो । उक्त स्वास्थ्य शिविरमा जेसीज्.मा.वि.मा अध्ययन गर्ने प्ले ग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूको नाक, कान, घाँटी, आँखा, दाँत र छालाको परीक्षण गरियो ।

विद्यार्थीहरूको पढाइसँगसँगै उनीहरूको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापका साथसाथै स्वास्थ्य क्षेत्रलाई जोड दिँदै समयसमयमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको विद्यालयका प्रिन्सिपल जय राम गोर्खालीले आइकन खबरलाई जानकारी दिए।

आज सम्पन्न भएको यस स्वास्थ्य शिविरमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधि उपचारको लागि सुझाव पनि दिइएको थियो ।

Published Date: 16 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक