अम्बानीको बिहेमा शाहरुख खानदेखि अन्य पाहुनाहरुले पाए करोडौँ रुपैयाँको घडि उपहार

अम्बानीको बिहेमा शाहरुख खानदेखि अन्य पाहुनाहरुले पाए करोडौँ रुपैयाँको घडि उपहार : Icon Khabar

मुम्बई, साउन १ । एशियाका सबैभन्दा धनाड्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी तथा राधिका मर्चेन्टको विवाह भव्यताबीच सम्पन्न भएको छ ।

अम्बानीले बलिउड अभिनेता शाहरुख खानदेखि रणवीर सिंहसम्म, मिजान जाफरीदेखि वीर पहाडियासम्मलाई करोडौँ रुपैयाँको घडि उपहार स्वरुप प्रदान गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो विवाहमा भारत बाहिरबाट समेत पाहुनाहरु बोलाइएको थियो । अनन्तका विशेष मित्रहरुमा मिजान जाफरी, शिखर धवन तथा हार्दिक पाण्ड्यादेखि वीर पहाडियासम्म समावेश थिए । आफ्ना परम मित्रहरुका लागि अनन्तले विशेष उपहारस्वरुप लग्जरी ब्रान्ड एउडिमार्ड पिगउटको घडि दिएका छन्, जसको मूल्य करोडौँ रुपैयाँ रेहेको छ ।

विशेष पाहुनाका लागि दिइएको उक्त घडिको मूल्य करिव डेढ करोडदेखि दुई करोड भारतीय रुपैयाँसम्मको रहेको छ । १८के रोज गोल्डले बनेको यो घडीमा सफायर क्रिस्टलजडित डार्क ब्लू डायल रहेको छ । लिमिटेड एडिशनका २५ थान घडि अनन्तले आफ्ना विशेष मित्र तथा आफन्तका लागि मगाएका थिए ।

Published Date: 16 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास