अम्बानीको बिहेमा शाहरुख खानदेखि अन्य पाहुनाहरुले पाए करोडौँ रुपैयाँको घडि उपहार

अम्बानीको बिहेमा शाहरुख खानदेखि अन्य पाहुनाहरुले पाए करोडौँ रुपैयाँको घडि उपहार : Icon Khabar

मुम्बई, साउन १ । एशियाका सबैभन्दा धनाड्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी तथा राधिका मर्चेन्टको विवाह भव्यताबीच सम्पन्न भएको छ ।

अम्बानीले बलिउड अभिनेता शाहरुख खानदेखि रणवीर सिंहसम्म, मिजान जाफरीदेखि वीर पहाडियासम्मलाई करोडौँ रुपैयाँको घडि उपहार स्वरुप प्रदान गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो विवाहमा भारत बाहिरबाट समेत पाहुनाहरु बोलाइएको थियो । अनन्तका विशेष मित्रहरुमा मिजान जाफरी, शिखर धवन तथा हार्दिक पाण्ड्यादेखि वीर पहाडियासम्म समावेश थिए । आफ्ना परम मित्रहरुका लागि अनन्तले विशेष उपहारस्वरुप लग्जरी ब्रान्ड एउडिमार्ड पिगउटको घडि दिएका छन्, जसको मूल्य करोडौँ रुपैयाँ रेहेको छ ।

विशेष पाहुनाका लागि दिइएको उक्त घडिको मूल्य करिव डेढ करोडदेखि दुई करोड भारतीय रुपैयाँसम्मको रहेको छ । १८के रोज गोल्डले बनेको यो घडीमा सफायर क्रिस्टलजडित डार्क ब्लू डायल रहेको छ । लिमिटेड एडिशनका २५ थान घडि अनन्तले आफ्ना विशेष मित्र तथा आफन्तका लागि मगाएका थिए ।

Published Date: 16 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक