प्रधानमन्त्री ओली र चिनियाँ राजदूत छन् सङ्गबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राजदूत छन् सङ्गबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेट गरेका छन्। उनीहरूबीच सोमबार भेटवार्ता भएको हो।

शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कार्यभार सम्हालेका बधाई र शुभकामना दिएका थिए।

भेटमा दुई देशबीचको मित्रतलाई अझै उन्नत बनाउने विषयमा कुराकानी भएको राजदूत छनले जानकारी दिएका छन्।

‘हामी मित्रतालाई अझ प्रगाढ तुल्याउन र व्यावहारिक सहयोगलाई गति दिन सहमत भयौं,’ भेटपछि राजदूत छनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार शपथ ग्रहण गरेका थिए। उनले सोमबार नै कार्यभार सम्हालेका थिए।

Published Date: 16 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक