प्रधानमन्त्री ओली र चिनियाँ राजदूत छन् सङ्गबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राजदूत छन् सङ्गबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेट गरेका छन्। उनीहरूबीच सोमबार भेटवार्ता भएको हो।

शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कार्यभार सम्हालेका बधाई र शुभकामना दिएका थिए।

भेटमा दुई देशबीचको मित्रतलाई अझै उन्नत बनाउने विषयमा कुराकानी भएको राजदूत छनले जानकारी दिएका छन्।

‘हामी मित्रतालाई अझ प्रगाढ तुल्याउन र व्यावहारिक सहयोगलाई गति दिन सहमत भयौं,’ भेटपछि राजदूत छनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार शपथ ग्रहण गरेका थिए। उनले सोमबार नै कार्यभार सम्हालेका थिए।

Published Date: 16 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास