मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १ । सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपियाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ९०० रूपियाँ कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १८ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 16 July 2024
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू