मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १ । सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपियाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ९०० रूपियाँ कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १८ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 16 July 2024
ताजा
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
फ्रान्समा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय