भक्तपुरमा एसइईमा उच्च जीपीए ल्याएका विद्यार्थीलाई बधाई तथा शुभकामना

भक्तपुरमा एसइईमा उच्च जीपीए ल्याएका विद्यार्थीलाई बधाई तथा शुभकामना : Icon Khabar

भक्तपुर, असार २८ । संयुक्त परीक्षा समितिको आयोजनामा भक्तपुरको वागीश्वरी माविमा २०८० को एसइईमा ३.६१ भन्दा बढी जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रमका बीच शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा भक्तपुरका सार्वजनिक माध्यमिक विद्यालयअन्तर्गत् १७ ओटा विद्यालयका परीक्षार्थीहरूमध्ये ८९ जना विद्यार्थीहरू ३.६१ भन्दा बढी जीपीए ल्याएर एसइई उत्तीर्ण विद्यार्थहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

उच्च्च जीपीए ल्याएर उत्तीर्ण विद्यार्थीमध्ये ७४ जना वागीश्वरी माविका र बाँकी अन्य १६ विद्यालयका थिए । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईँले आफ्नो सारगर्भित मन्तव्यमार्फत् विद्यार्थीहरूलाई सुझाव दिँदै विद्यार्थी वर्गमा इमानदारी, मानसिक तथा शारीरिक स्वास्थ्य र उत्सुकतापूर्ण सिकाइ प्रक्रिया हुनुपर्ने बताए।

पठन संस्कृति घटेको कुरालाई औँल्याउँदै उनले विद्यार्थीले विद्यालयमा खालि किताब र किताबै मात्र पढेर नहुने र उनीहरूमा सीप, कला, सामाजिक भावना, परोपकार, सेवा पनि सिकाउपर्नेमा जोड दिए।

कार्यक्रममा भुवनेश्वरी माविकी प्रअ शुभद्रा लघु र गणेश माविका प्रअ चन्द्रप्रकाश मैनालीले विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका थिए भने परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले म्यानेजमेन्ट पढेर विदेश जान खोज्ने आजका कतिपय विद्यार्थीहरूको सोचाइप्रति चिन्ता व्यक्त गर्दै आफूले प्राप्त गरेको ज्ञान, सीप आफ्नै देशमा खर्च गर्नुपर्ने कुरामा जोड दिए।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएकोे उक्त कार्यक्रममा भाइस प्रिन्सिपल उकेश सुवालले स्वागत मन्तव्य राखेका थिए।

Published Date: 12 July 2024
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय