भक्तपुरमा एसइईमा उच्च जीपीए ल्याएका विद्यार्थीलाई बधाई तथा शुभकामना

भक्तपुरमा एसइईमा उच्च जीपीए ल्याएका विद्यार्थीलाई बधाई तथा शुभकामना : Icon Khabar

भक्तपुर, असार २८ । संयुक्त परीक्षा समितिको आयोजनामा भक्तपुरको वागीश्वरी माविमा २०८० को एसइईमा ३.६१ भन्दा बढी जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रमका बीच शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा भक्तपुरका सार्वजनिक माध्यमिक विद्यालयअन्तर्गत् १७ ओटा विद्यालयका परीक्षार्थीहरूमध्ये ८९ जना विद्यार्थीहरू ३.६१ भन्दा बढी जीपीए ल्याएर एसइई उत्तीर्ण विद्यार्थहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

उच्च्च जीपीए ल्याएर उत्तीर्ण विद्यार्थीमध्ये ७४ जना वागीश्वरी माविका र बाँकी अन्य १६ विद्यालयका थिए । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईँले आफ्नो सारगर्भित मन्तव्यमार्फत् विद्यार्थीहरूलाई सुझाव दिँदै विद्यार्थी वर्गमा इमानदारी, मानसिक तथा शारीरिक स्वास्थ्य र उत्सुकतापूर्ण सिकाइ प्रक्रिया हुनुपर्ने बताए।

पठन संस्कृति घटेको कुरालाई औँल्याउँदै उनले विद्यार्थीले विद्यालयमा खालि किताब र किताबै मात्र पढेर नहुने र उनीहरूमा सीप, कला, सामाजिक भावना, परोपकार, सेवा पनि सिकाउपर्नेमा जोड दिए।

कार्यक्रममा भुवनेश्वरी माविकी प्रअ शुभद्रा लघु र गणेश माविका प्रअ चन्द्रप्रकाश मैनालीले विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका थिए भने परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले म्यानेजमेन्ट पढेर विदेश जान खोज्ने आजका कतिपय विद्यार्थीहरूको सोचाइप्रति चिन्ता व्यक्त गर्दै आफूले प्राप्त गरेको ज्ञान, सीप आफ्नै देशमा खर्च गर्नुपर्ने कुरामा जोड दिए।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएकोे उक्त कार्यक्रममा भाइस प्रिन्सिपल उकेश सुवालले स्वागत मन्तव्य राखेका थिए।

Published Date: 12 July 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक