वैदेशिक रोजगार विभागद्वारा ५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का

वैदेशिक रोजगार विभागद्वारा ५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का : Icon Khabar

काठमाडौँ, असार २७ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो ।

यसरी रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् । विभागका निर्देशक एवं प्रवक्ता गुुरुदत्त सुुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिए ।

उनका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युुवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो ।

उनले भने, “कारोबार रोक्का गरिएका कम्पनीबाट युुवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ ।”

Published Date: 11 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड