मुकुल ढकालले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने

मुकुल ढकालले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने : Icon Khabar

काठमाडौँ, असार २६ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट निष्काशित भएका डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् । बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको ढकालले जानकारी दिए ।

ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेत नरहने गरी मङ्गलवार मात्रै पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो ।

केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।

प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीति विपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले पदबाट निलम्बन गरेको हो । यद्यपि पार्टीको निर्णयमा उनलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ ।

Published Date: 10 July 2024


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर