युरोकपको २०२४: इङ्ल्याण्ड र नीदरल्याण्ड्स सेमीफाइनलमा प्रवेश

युरोकपको २०२४: इङ्ल्याण्ड र नीदरल्याण्ड्स सेमीफाइनलमा प्रवेश : Icon Khabar

काठमाडौं, असार २३ । युरोकप २०२४ अन्तर्गत शनिबार राति खेलिएका क्वाटर फाइनलका दुई भिन्न खेलबाट इङ्ल्याण्ड तथा नीदर्ल्याण्ड्स सेमीफाइनलमा प्रवेश गरेका छन् ।

गए राति सम्पन्न खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड प्रतियोगिताको सेमीफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटमा दुवै देशले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङ्ल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए । यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ । यो जीतपछि अब इङ्ल्याण्डले सेमीफाइनलमा नेदरल्याण्ड्ससँग खेल्ने छ । त्यस्तै अर्को सेमीफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् ।

गए राति नै सम्पन्न क्वाटर फाइनल खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा पुग्न सफल भएको छ । नेदरल्याण्डसको जीतमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १–० गोलले अगाडि रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो ।

यो खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए । यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ । यो जीतपछि नेदरल्याण्ड्सले सेमीफाइनलमा इङ्ल्याण्डको सामना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित