युरोकपको २०२४: इङ्ल्याण्ड र नीदरल्याण्ड्स सेमीफाइनलमा प्रवेश

युरोकपको २०२४: इङ्ल्याण्ड र नीदरल्याण्ड्स सेमीफाइनलमा प्रवेश : Icon Khabar

काठमाडौं, असार २३ । युरोकप २०२४ अन्तर्गत शनिबार राति खेलिएका क्वाटर फाइनलका दुई भिन्न खेलबाट इङ्ल्याण्ड तथा नीदर्ल्याण्ड्स सेमीफाइनलमा प्रवेश गरेका छन् ।

गए राति सम्पन्न खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड प्रतियोगिताको सेमीफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटमा दुवै देशले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्वीजरल्याण्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्वीजरल्याण्डका ब्रील एम्बोलोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङ्ल्याण्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए । यो हारसँगै स्वीजरल्याण्ड भने युरोकपबाट बाहिरिएको छ । यो जीतपछि अब इङ्ल्याण्डले सेमीफाइनलमा नेदरल्याण्ड्ससँग खेल्ने छ । त्यस्तै अर्को सेमीफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् ।

गए राति नै सम्पन्न क्वाटर फाइनल खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा पुग्न सफल भएको छ । नेदरल्याण्डसको जीतमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १–० गोलले अगाडि रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो ।

यो खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए । यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ । यो जीतपछि नेदरल्याण्ड्सले सेमीफाइनलमा इङ्ल्याण्डको सामना गर्ने भएको छ ।

Published Date: 07 July 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय