आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

आज २०८१ असार २३ गते आइतबार, तद्अनुसार ७ जुलाई २०२४ । आज असार शुक्ल द्वितीया, हर्षण बालव पूष्य, सूर्योदय बिहानः ०५ः१४ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: लाभको अवसर अवसर हात पर्नेछ । रोजगारमा वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कम प्रयासमै कार्यसिद्धि हुनेछ ।

वृष: जोखिम उठाउने साहस गर्न सक्नु हुनेछ । आम्दानी भैरहने छ । लगानी शुभ रहने छ ।

मिथुन: हतारमा कुनै पनि कार्य नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु होला । फजूल खर्च हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

कर्कट: अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । जीवनसाथीको स्वास्‍थ्यमा खर्च हुनेछ । चिन्ता तथा तनावमा वृद्धि हुनेछ ।

सिंह: शत्रु शान्त रहने छन् । धन लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । व्यवसायमा वृद्धिको योग छ ।

कन्या: सन्तान पक्षबाट स्वास्थ्‍य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । कार्यशैलीमा परिवर्तन गर्नु पर्नेछ ।

तुला: थकान तथा कमजोरी रहन सक्छ । स्वास्थ्‍यमा ध्यान दिनु होला । धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । धन प्राप्ति सुगम हुनेछ ।

वृश्चिक: प्रेम–प्रसंगमा हडबडी नगर्नु होला । विवादलाई नबढाउनु होला । स्वाभिमानमा ठेस पुग्न सक्छ ।

धनु: कानूनी बाधा सम्भव छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ । लाभमा वृद्धि हुनेछ ।

मकर: सुखका साधनहरुमा खर्च हुनेछ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । चिन्ता तथा तनाव रहने छ ।

कुम्भ: मनोरञ्जक यात्रा हुनसक्छ । कुनै आनन्दोत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । लेन–देनमा हतार नगर्नु होला ।

मीन: अरुको काममा हस्तक्षेप नगर्नु होला । अपेक्षित कार्यमा विलम्ब हुनाले खिन्नता रहने छ । बोलीमा नियन्त्रण राख्नु होला ।

Published Date: 07 July 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय