आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

आज २०८१ असार २३ गते आइतबार, तद्अनुसार ७ जुलाई २०२४ । आज असार शुक्ल द्वितीया, हर्षण बालव पूष्य, सूर्योदय बिहानः ०५ः१४ बजे, सूर्यास्त साँझः १९ः०३ बजे ।

आजको राशिफल

मेष: लाभको अवसर अवसर हात पर्नेछ । रोजगारमा वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कम प्रयासमै कार्यसिद्धि हुनेछ ।

वृष: जोखिम उठाउने साहस गर्न सक्नु हुनेछ । आम्दानी भैरहने छ । लगानी शुभ रहने छ ।

मिथुन: हतारमा कुनै पनि कार्य नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु होला । फजूल खर्च हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

कर्कट: अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । जीवनसाथीको स्वास्‍थ्यमा खर्च हुनेछ । चिन्ता तथा तनावमा वृद्धि हुनेछ ।

सिंह: शत्रु शान्त रहने छन् । धन लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । व्यवसायमा वृद्धिको योग छ ।

कन्या: सन्तान पक्षबाट स्वास्थ्‍य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । कार्यशैलीमा परिवर्तन गर्नु पर्नेछ ।

तुला: थकान तथा कमजोरी रहन सक्छ । स्वास्थ्‍यमा ध्यान दिनु होला । धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । धन प्राप्ति सुगम हुनेछ ।

वृश्चिक: प्रेम–प्रसंगमा हडबडी नगर्नु होला । विवादलाई नबढाउनु होला । स्वाभिमानमा ठेस पुग्न सक्छ ।

धनु: कानूनी बाधा सम्भव छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । प्रसन्नताको वातावरण रहने छ । लाभमा वृद्धि हुनेछ ।

मकर: सुखका साधनहरुमा खर्च हुनेछ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । चिन्ता तथा तनाव रहने छ ।

कुम्भ: मनोरञ्जक यात्रा हुनसक्छ । कुनै आनन्दोत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । लेन–देनमा हतार नगर्नु होला ।

मीन: अरुको काममा हस्तक्षेप नगर्नु होला । अपेक्षित कार्यमा विलम्ब हुनाले खिन्नता रहने छ । बोलीमा नियन्त्रण राख्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2024
Website | + posts




ताजा
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित