भक्तपुर डुबान २०८१: टुरिजम मार्केटदेखि हनुमानघाटसम्म पुरै जलमग्न (तस्बिरहरु)

भक्तपुर डुबान २०८१: टुरिजम मार्केटदेखि हनुमानघाटसम्म पुरै जलमग्न (तस्बिरहरु) : Icon Khabar

भक्तपुर, असार २२ । गए राति देखि परेको अविरल वर्षाका कारण शनिबार भक्तपुरका अधिकांश स्थानहरु डुबानमा परेका छन्।

बर्षाले हनुमन्ते खोलाको जल सतह बढेपछी भक्तपुरको ब्रहमायणी, महेश्वरी, हनुमानघात, चुपिंगघात, राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, टुरीजममार्केट, बाराहीस्थान, मंगलतिर्थ, ज्ञान तारा स्कुल, श्री शारदा प्राथमिक विद्यालय लगायतका थुप्रै स्थानहरु डुबानमा परेका हुन् ।

असार लागे संगै हरेक बर्ष यी स्थानहरु डुबान मा पर्दै आएका छन् तर दिगो समाधानका उपाय भने अपनाएको देखिंदैन। वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Published Date: 06 July 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय