कोपा अमेरिका : भेनेजुएलालाई टाइब्रेकरमा हराउँदै क्यानडा पहिलो पटक सेमिफाइनलमा

कोपा अमेरिका : भेनेजुएलालाई टाइब्रेकरमा हराउँदै क्यानडा पहिलो पटक सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, असार २२ । क्यानडाले पहिलो पटक कोपा अमेरिका फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । आज (शनिबार) बिहान भएको खेलमा क्यानडाले भेनेजुएलालाई सडन डेथमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गर्‍यो ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा ३-३ मा सकिएपछि क्यानडाले सडन डेथमा जित हासिल गरेको हो । अब क्यानडाले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

अमेरिकाको डालासस्थित एटि एन्ड टि रंगशालामा क्यानडाले १३ औं मिनेटमा जेकब साफलबर्गले गोल गरे । जोनाथन डेविडको कटब्याकमा उनले गोल गरेका थिए । दोस्रो हाफमा सलोमन रन्डनले लामो दुरीबाट गोल गर्दै खेल बराबरीमा ल्याए ।

टाइब्रेकरमा क्यानडा र भेनेजुएला दुवैले दोस्रो र चौथो प्रहारमा गोल गर्न सकेनन् । तर सडन डेथमा विलकर एन्जलको पेनाल्टी असफल भएपछि इस्माएल कोनेले गोल गर्दै जित पक्का गरे ।

शनिबार हुने क्वाटरफाइनलमा उरुग्वे र ब्राजिल तथा कोल्मोबिया र पानामा खेल्नेछन् ।

Published Date: 06 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास