कोपा अमेरिका : भेनेजुएलालाई टाइब्रेकरमा हराउँदै क्यानडा पहिलो पटक सेमिफाइनलमा

कोपा अमेरिका : भेनेजुएलालाई टाइब्रेकरमा हराउँदै क्यानडा पहिलो पटक सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, असार २२ । क्यानडाले पहिलो पटक कोपा अमेरिका फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । आज (शनिबार) बिहान भएको खेलमा क्यानडाले भेनेजुएलालाई सडन डेथमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गर्‍यो ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा ३-३ मा सकिएपछि क्यानडाले सडन डेथमा जित हासिल गरेको हो । अब क्यानडाले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

अमेरिकाको डालासस्थित एटि एन्ड टि रंगशालामा क्यानडाले १३ औं मिनेटमा जेकब साफलबर्गले गोल गरे । जोनाथन डेविडको कटब्याकमा उनले गोल गरेका थिए । दोस्रो हाफमा सलोमन रन्डनले लामो दुरीबाट गोल गर्दै खेल बराबरीमा ल्याए ।

टाइब्रेकरमा क्यानडा र भेनेजुएला दुवैले दोस्रो र चौथो प्रहारमा गोल गर्न सकेनन् । तर सडन डेथमा विलकर एन्जलको पेनाल्टी असफल भएपछि इस्माएल कोनेले गोल गर्दै जित पक्का गरे ।

शनिबार हुने क्वाटरफाइनलमा उरुग्वे र ब्राजिल तथा कोल्मोबिया र पानामा खेल्नेछन् ।

Published Date: 06 July 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक