पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, असार २२ । टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे ।

यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । स्पेनले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि फ्लोरिएन वर्ट्जले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गरे । तर अतिरिक्त ३० मिनेटको अन्तिम समयमा मिकेल मेरिनोले उत्कृष्ट हेडर गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए । अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् ।

शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।– एजेन्सी

Published Date: 06 July 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक