आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २२ । आज २०८१ असार २२ गते शनिबार, तद्अनुसार ६ जुलाई २०२४, आज उत्तरायण गृष्म ऋतु, असार शुक्ल प्रतिपदा, पुनर्वशु नक्षत्र, व्याघात योग, चन्द्र राशि मिथुन, अन्तर्राष्ट्रिय सहकारी दिवस, सूर्योदय बिहानः ०५ः१३ बजे, सूर्यास्त साँझः १९:०३ बजे ।

आजको राशिफल

मेष: उत्साहवर्द्धक सूचना पाइने छ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । ठूलो कार्य गर्न मन लाग्ने छ । आत्म–सम्मान कायम रहने छ । लाभ हुनेछ ।

वृष: चोट तथा रोगबाट वाधा सम्भव छ । यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ । प्रसन्नता रहने छ ।

मिथुन: विवादलाई नबढाउनु होला । फजूल खर्चमा नियन्त्रण गर्नु होला । घर–परिवारको चिन्ता रहने छ । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

कर्कट: डूबेको रकम प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । लगानीले लाभ दिनेछ । कुनै मांगलिक कार्यमा भाग लिने अवसर मिल्ने छ ।

सिंह: योजना पूरा हुनेछ । कार्यस्थलमा परिवर्तनको सम्भावना छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कन्या: कानूनी वाधा हटेर लाभको स्थिति बन्ने छ । व्यवसाय वृद्धिको योग छ । धन प्राप्ति सुगम हुनेछ । धार्मिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । काम गर्ने इच्छा हुने छैन । अन्य मानिसले तपाईंबाट धेरै अपेक्षा गर्नेछन् ।

वृश्चिक: स्वास्थ्यमा ध्यान दिनु होला । उत्साहको अधिकता तथा व्यस्तता रहने छ । लाभको अवसर हात पर्नेछ । भाग्य अनुकूल छ, लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: स्थायी सम्पत्तिमा वृद्धि हुनसक्छ । लगानी शुभ रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मकर: रचनात्मक कार्य पूर्ण तथा सफल रहने छन् । आम्दानीमा वृद्धि हुनेछ । परीक्षा तथा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कुम्भ: विवादलाई नबढाउनु होला । कुनै व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस लाग्ने छ । कार्यभार बढ्ने छ ।

मीन: मेहनतको फल पूर्ण रुपले पाइने छ । यात्रा लाभदायक रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । पारिवारिक सहयोग पाइने छ । भाग्य अनुकूल रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2024
Website | + posts