‘मिस्टर नेवा ११४४’ आयोजना हुने

‘मिस्टर नेवा ११४४’ आयोजना हुने : Icon Khabar

काठमाडौं, असार १९ । राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवा ११४४’ को घोषणा गरेको छ । कम्पनीले प्रतियोगिताका लागि गत असार १७ गतेदेखि आवेदन दर्ता खुला गरेको हो ।

राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डंगोलले नेवार समुदायका युवाले ‘मिस्टर नेवा’मा भाग लिन सक्ने बताइन् । यो प्रतियोगिता नेवा समुदायका युवाहरुका लागि आकर्षक प्लेटफर्म हुने उनको दाबी छ ।

‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरुको वृत्ति विकासमा लक्षित छ र उनीहरुका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छुुु’, फेसन डिजाईनरसमेत रहेकी कार्यक्रम निर्देशक डंगोलले बताईन् ।

यस इभेण्टमा कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफरका रुपमा अनुबन्धित भएका छन् ।

Published Date: 03 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास