‘मिस्टर नेवा ११४४’ आयोजना हुने

‘मिस्टर नेवा ११४४’ आयोजना हुने : Icon Khabar

काठमाडौं, असार १९ । राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवा ११४४’ को घोषणा गरेको छ । कम्पनीले प्रतियोगिताका लागि गत असार १७ गतेदेखि आवेदन दर्ता खुला गरेको हो ।

राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डंगोलले नेवार समुदायका युवाले ‘मिस्टर नेवा’मा भाग लिन सक्ने बताइन् । यो प्रतियोगिता नेवा समुदायका युवाहरुका लागि आकर्षक प्लेटफर्म हुने उनको दाबी छ ।

‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरुको वृत्ति विकासमा लक्षित छ र उनीहरुका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छुुु’, फेसन डिजाईनरसमेत रहेकी कार्यक्रम निर्देशक डंगोलले बताईन् ।

यस इभेण्टमा कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफरका रुपमा अनुबन्धित भएका छन् ।

Published Date: 03 July 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक