रास्वपा बैठक : महामन्त्री ढकालसँग अधिकांश केन्द्रीय सदस्य असन्तुष्ट

रास्वपा बैठक : महामन्त्री ढकालसँग अधिकांश केन्द्रीय सदस्य असन्तुष्ट : Icon Khabar

काठमाडौं, असार १९ । रास्वपा केन्द्रीय समिति (रास्वपा) को केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथिको छलफल जारी छ । सहप्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म ७० प्रतिशत सदस्यले प्रतिवेदनमाथि आफ्नो मत राखेका छन् । झाले प्रतिवेदनमाथिको छलफल पश्चात प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् ।

अहिले मिडियामा सार्वजनिक भएको भनिएको प्रतिवेदन, महामन्त्रीले सभापतिलाई बुझाएको प्रतिवेदन भन्दा फरक रहेको समेत झाले बताए । बुधबार बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले सबैको ध्यान केन्द्रित गरेका थिए । उनले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेको विषय बैठकले अस्वीकार गरेपछि मुखमा कालो टेप लगाएर बैठकमा बसेका थिए । जुन तस्बीर सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।

ढकालले बैठकमा प्रस्तुत गर्न खोजेको प्रस्ताव सभापति रबि लामिछानेले पेश गर्न नदिएको आरोप समेत उनले लगाएका छन् । महामन्त्रीले मुखमा कालो टेप लगाएर बसेपछि उनले तयार गरेको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा प्रस्तुत गरेका थिए । बुर्लाकोटीले त्यो पढेर सुनाएपछि अहिले केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमै सहभागी एक नेताका अनुसार, लगभग २५ जनाले आफ्नो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूलाई धारणा राख्नका लागि ५ मिनेटको समय दिइएको छ । बैठकमा लगभग ४५ जना केन्द्रीय सदस्य उपस्थित छन् । जसमध्ये अहिलेसम्म बोलेका २५ मध्ये अधिकांशले महामन्त्रीको प्रस्तुती ठिक नभएको बताएका छन् । ‘अधिकांश केन्द्रीय सदस्यले महामन्त्रीको क्रियाकलापमाथि प्रश्न उठाएका छन्,’ ती सदस्यले भने, ‘लगभग बेलुकी ७ बजेसम्ममा सबैले बोलिसक्नु हुन्छ होला ।’

Published Date: 03 July 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक